Logo

राजनीति

पोर्चुगलका लागि प्रस्तावित राजदूतकाे संसदीय सुनुवाइ शुक्रबार हुने



काठमाडाैं । पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ। सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको थियो।

नेपालको सुनुवाइअघि संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। त्यसअघि राजदूत नियुक्तिको औचित्यबारे परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गरिने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए।

प्रस्तावित न्यायाधीशको सुनुवाइ भने मंसिर २९ गतेपछि मात्रै हुने बताइएको छ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १४:४५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।