काठमाडौं । कन्टेम्पोरेरी एम्पेरेक्स टेक्लोलोजी कम्पनी लिमिटेड (सीएटीएल)को ‘स्केड बोर्ड प्लेटफर्म’मा तयार पारेको नयाँ टेक्नोलोजीको ब्याट्रीमा नेटाले सेडान कार ल्याउने भएको छ । नयाँ कारले सिंगल चार्जमा एक हजार किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएकाे छ ।
विश्वकै सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले आफ्नै नयाँ स्केट बोर्ड प्लेटफर्मको परिक्षण पूरा भएको घोषणा गर्दै २०२४ भित्रै उक्त ब्याट्रीको प्रयोग नेटाकाे कारमा हुने घोषणा गरेको हो ।
‘हाम्रो उत्पादनले सिंगल चार्जमा एक हजार किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसले हरेक १०० किलोमिटर यात्रामा १०.५ किलोवाट आवर मात्रै इनर्जी खपत गर्छ । साथै, चार्जिङ पनि निकै तीब्र गतिमा हुन्छ । जम्मा ५ मिनेटको चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ’, नयाँ ब्याट्रीकाे बारेमा कम्पनीले सार्वजनिक गरेकाे बक्तव्यमा भनिएकाे छ ।
नेटा ब्राण्डकाे स्वामित्व खरिद गरेकाे चीनकाे हाेजाेन अटाेले गएकाे जनवरीमा सीएटिएलसँग आउँदाे दिनमा नयाँ ईभी गाडीहरुमा उसकाे उत्पादन प्रयाेग गर्ने सम्झाैता गरिसकेकाे छ । सिएटिएल र हाेजाेन अटाेले संयुक्त रुपमा उक्त प्रविधिकाे विकास गर्ने सम्झाैता गरेका छन् । उनीहरुले २०२४ सम्ममा सीएटीएल इन्ट्रीग्रेटेड इन्टेलिजेन्ट च्यासीस (सीआईआईसी)काे विकास गर्ने बताएका छन् । ‘सीएटीएल इन्ट्रीग्रेटेड इन्टेलिजेन्ट च्यासीस (सीआईआईसी)’ मा स्केट बोर्डमा ब्याट्री, इलेक्ट्रीक मोटर्स सबै एउटै प्लेटफर्ममा समावेश हुनेछ । त्यसले ईभी उत्पादनमा लागत कम हुनुका साथै सवारी साधनकाे तौल घट्नेछ ।’
नेटाको सेडान कारमा प्रयोग गर्न लागिएको हाइभोल्टेज र लोभोल्टेज सिस्टम, स्टेरिङ र ब्रेकिङ सिस्टम, च्यासिस डोमेन कन्ट्रोलर र सेल टु च्यासिस टेक्नोलोजी समेत रहेको छ । सीआईआईसी प्रविधिकाे ठूलाे मात्रामा उत्पादन अर्काे वर्षकाे अन्तिमबाट सुरु हुने जनाइएकाे छ ।
नेपालमा सीजी माेटर्स नेटाका गाडीकाे आधिकारिक बिक्रेता भएर काम गरिरहेकाे छ । सीजी माेटर्स बिनाेद चाैधरी संलग्न कम्पनी हाे ।
प्रतिक्रिया