Logo

प्रमुख समाचार

शेखरको दाबी– ‘एनसेल प्रकरणमा व्यापारी र कर्मचारी मात्र होइन, राजनीतिज्ञ पनि संलग्न छन्’



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल प्रकरणमा कर्मचारी र व्यापारीहरूको मात्र नभई राजनीतिज्ञहरूको पनि संलग्नता रहेको आरोप लगाएका छन् । उनले चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२औं अधिवेशनलाई सम्बोधन गर्दै तीनै क्षेत्रका व्यक्तिहरूको संलग्नता रहेको दाबी गरेका हुन् ।

‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरूसँगै जोडिएको छ’, नेता कोइरालाले भने, ‘जतिसुकै जसले जे भनेपनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन । एनसेलको प्रकरण पनि त्यही हो ।’

त्यस्तै, फरक प्रसंगमा नेता कोइरालाले पार्टीमा व्यक्तिवाद हाबी भएको बताउँदै चितवन कांग्रेसको हातबाट उम्केको टिप्पणी गरे । उनले गत स्थानीय तहको निर्वाचनको अवस्थालाई इंगित गर्दै यस्तो बताएका हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १०:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।