Logo

प्रमुख समाचार

सांसद अमरेशकुमारको दावी- प्रधानमन्त्री पुत्री गङ्गाले व्यापारीसँग पैसा लिएकी छिन्



काठमाडाैं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरीले विभिन्न मामिलामा व्यापारीसँग पैसा असुलेको आरोप लगाएका छन् ।

सांसद सिंहले फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्रीको स्वकीय सचिवसमेत रहेकी गंगा दाहालले विभिन्न मामिलामा व्यापारीहरुसँग पैसा असुलेको आरोप लगाएका हुन् । उनले आरोपको पुष्टि गर्ने प्रमाणसमेत आफूसँग भएको जिकीर गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

सांसद सिंहले पनि आरोप पुष्टि हुने कुनै प्रमाण सार्वजनिक गरेका छैनन् । पछिल्लो समय सांसद सिंह संसदभित्र पनि ‘–याडिकल’ भएर प्रस्तुत हुने गरेका छन् । संसदमा बोल्दा पनि उनी आक्रामक हुने गरेका छन् । केही पहिले संसदमा लुगा उतारेर विरोध गरेपछि सांसद सिंह मिडिया र जनतामा चिनिएका पात्र हुन् । उनले लगाएको आरोप पुष्टि हुने कुनै प्रमाण अनलाइन पानाले पनि फेला पारेको छैन ।

याे स्टाटस सार्वजनिक भएसँगै सांसद अम्रेसकुमार सिंहको सुरक्षामा खटाइएका सूरक्षाकर्मीलाई फिर्ता बोलाइएको उनले जानकारी दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री अस्पताल भर्ना भएका बेला गृहमन्त्रालयको निर्णय भन्दै सांसद सिंहको पीएसओ फिर्ता लैजानुमा प्रधानमन्त्री र उनकै छाेरीकाे‍ संलग्नता भएकाे आशंका सांसद सिंहकाे छ ।

सिंहले एनसेल घोटाला प्रकरणमा गत साता मुद्दा दायर गरेका थिए । उक्त मुद्दामाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १४:४७   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।