Logo

खेलकुद

एनएसएल : आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा



काठमाडौं- काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।

पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो। तर पोखरा यस सिजन अपराजित रहँद शीर्ष चारमा रहेको छ।

चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ। उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ।

काठमाडौं विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार ०८:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।