Logo

अर्थ

प्याजको मूल्य थोकमै १४५, कस्तो छ अन्य तरकारीको मूल्य?



काठमाडौं- नेपाली बजारमा प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याजको अधिकतम मूल्य थोक बजारमै १४५ रुपैयाँ पुगेको छ। पछिल्लो दिनमा प्याजको भाउ बढ्दै गएको हो।

आज गोलभेँडा सानो (लोकल) प्रतिकिलो १७ रुपैयाँ ५० पैसा, रातो मुला २२ रुपैयाँ ५० पैसा, घिरौला ६५ रुपैयाँ, भन्टा लाम्चो ३२ रुपैयाँ ५० पैसा प्रतिकिलो मूल्य तोकिएको छ।

त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली १७ रुपैयाँ ५० पैसा, रातो आलु ४६ रुपैयाँ ५० पैसा, सेतो आलु ३७ रुपैयाँ ५० पैसाप्रति किलो मूल्य तोकिएको छ।

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार ०८:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।