Logo

अर्थ

कृषि विकास बैंककाे कार्यालय शनिबार पनि खुल्ने



काठमाडाैं । कृषि विकास बैंक लिमिटेडका कार्यालयहरु मंसिरकाे अन्तिम दिन भाेलि शनिबार पनि खुल्ने भएकाे छ ।

बैंकले एक सूचना जारी गर्दै ग्राहककाे कर्जा तथा काराेबार सुविधाका लागि भाेलि शनिबार पनि कार्यालय खुलाउने निर्णय गरेकाे हाे ।

बैंकले जारी गरिएकाे सूचनामा भनिएकाे छ, ‘……२०८० मंसिर ३० गते शनिबारका दिन महिनाकाे अन्तिम दिन पर्न गएकाले कर्जा तथा बैंकिङ ग्राहकहरुकाे सुविधालाई मध्यनजर राखी हाम्रा सम्पूर्ण कार्यालयहरु खुल्ला रहने हुँदा पायक पर्ने शाखाहरुबाट सेवा लिनुहुन अनुराेध छ ।’ कार्यालय बिहान १० बजेदेखि ४ बजेसम्म खुल्ने जनाइएकाे छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १६:४२   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।