Logo

प्रमुख समाचार

‘संकल्प यात्राका क्रममा जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेकाे पाइयाे’



काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीकाे संकल्प यात्राका क्रममा जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताएका छन् ।

शनिबार तेह्रथुमको आठराई गाउँपालिकामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकषिर्त नरहेको पाएको बताएका हुन् ।

एमालेप्रति जनताको क्रेज रहेका बताउँदै  उपमहासचिव गुरुङले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको दाबीसमेत गरे । एमाले पहिचान विरोधी नभएको प्रष्टीकरणसमेत उनले दिए ।

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार १४:४६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।