Logo

राजनीति

ओलीकाे भन्छन्– ‘कांग्रेसको सक्रिय व्यक्ति न्यायाधीश बन्छ भने कसले पाउँछ न्याय !’



फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको अगाडि बोल्न नसक्ने भन्दै सरकारमाथि कटाक्ष गरेका छन् । शनिबार एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले विदेशीकाे अगाडि बाेल्न नसक्ने  कम्फर्टेबल सरकार अहिलेको आवश्यकता नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेले सरकार छाडेको २ वर्षमै देश कङ्गाल बन्न लागेको पनि बताए । उनले देश बनाउने सङ्कल्प बोकेर एमालेले अभियान थालेको बताए । ‘अहिले राजनीतिक अन्यौलता र अराजकता बढेको छ । अर्थतन्त्र डाँवाडोल भएको छ’ ओलीले भने,‘ अब एकल बहुमतको सरकार नबनेसम्म देशको विकास हुन सक्दैन ।’

उनले यसअघि कांग्रेसले बुथ कब्जा गरेर चुनाव जितेको आरोप समेत लगाए । उनले भने, ‘कांग्रेसले २३ ठाउँमा बुथ कब्जा गरेर लुटेरा शैलीले चुनाव जित्यो । अहिले कांग्रेसको सक्रिय व्यक्ति न्यायाधीश बन्छ, कसले न्याय पाउँछ ?’

मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाट चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु शनिवार फिदिम पुगेको हो । सो यात्राको पुस ५ गते काठमाडौँमा औपचारिक रूपमा समापन हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार १७:४१   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।