Logo

प्रमुख समाचार

सरकारकी प्रवक्ता शर्माले भनिन्– ‘आवश्यकअनुसार मन्त्रीहरू फेरिन सक्छन्’



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आवश्यकता अनुसार मन्त्रीहरू फेरिन सक्ने बताएकी छन् । यद्यपि अहिले मन्त्रिपरिषद् हेरफेरबारे कुनै छलफल भने नभएको प्रस्ट पारेकी छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री शर्मा आवश्यकताअनुसार मन्त्रीहरु फेरिन सक्ने बताएकी हुन् ।

उनले भनिन्, ‘मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुरा छ, यो विषयमा कुनै छलफल भएको छैन । आवश्यकताअनुसार परिवर्तन हुन सक्दैन भन्न त सकिँदैन । तर, अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । यो विषयमा मन्त्रीहरुले छलफल गर्ने कुरा छैन । गठबन्धन र दलहरुमा पनि यसबारे छलफल भएको छैन ।’

उनले मन्त्रिपरिषद्को सेट नै परिवर्तन गर्ने सरकारको तयारी भएको चर्चामा सत्यता नभएको पनि बताइन् ।

प्रकाशित मिति : १ पुष २०८०, आईतवार १८:४०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।