Logo

अर्थ

सेयर बजारमा हरियाली, नेप्से ३८ अंकले उकालाे लाग्दा करिब ७ अर्बकाे काराेबार 



काठमाडौं । सेयर बजार आज (साेमबार) पनि उकालो लागेको छ। साताको पहिलो दिन नै सकारात्मक दिशामा अघि बढेकाे बजार आज ३८.१४ अकंले बढेर २०६०.४९ बिन्दुमा पुगेकाे छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ९.५६ अंकले बढेर ३९०.६३ बिन्दुमा पुगेको छ ।

आज ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएकोछ । याे कारोबार एक वर्षकै बढी हाे ।

आज हाइड्रोपावर समूह बाहेकका १२ उपसूचकमा हरियाली देखिएकाे छ । बजारमा आज बैंकिङ समूहको २.०५ प्रतिशत, विकास बैंक समूहको १.८० प्रतिशत, फाइनान्स समूहको २.५८ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२५ प्रतिशतसहित १२ उपसूचकमा हरियाली आएको हो ।

त्यस्तै, सोनापुर, सोल्टि होटल, शिवम सिमेन्टस, घोराही सिमेन्टस, अरुण काबेली, रिलायबल नेपाल लाइफ, अपी पावर, नेशनल हाईड्रोपावर र लक्ष्मी सनराईज बैंकको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै आज सोमबार ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ, स्वारोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बिपिडब्लु लघुवित्त, ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरी लघुवित्तको सेयरमा सर्किट लागेको हो ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १५:३५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।