काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस दिन छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५०रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया