काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७९/८० का शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँ छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।




















प्रतिक्रिया