Logo

प्रमुख समाचार

शेखरकाे वरियतालाई लिएर मधेश कांग्रेसमा विवाद, दाेस्राेमा राख्नुपर्ने भन्दै फरक मत



 काठमाडौं । पार्टीकाे १४‍औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी डा. शेखर काइरालाकाे वरियता क्रमलाई लिएर मधेश कांग्रेसमा विवाद भएकाे छ । मधेस प्रदेश कार्यसमितिका केही नेताहरूले उनलाई दाेस्राे वरियतामा राख्नुपर्नेमा माग गर्दै फरक मत दर्ज गरेका छन् ।

पुस ५ र ६ गते जनकपुरमा हुन लागेको सम्मेलनमा नेता कोइरालालाई दोस्रो वरीयतामा आसन ग्रहण गराउनुपर्ने भन्दै प्रदेश कार्यसमितका आठ नेताले फरक मत राखेका हुन् । मधेस प्रदेशका वरिष्ठ नेता रामसरोज यादव लगायतले कोइरालालाई दोस्रो वरीयतामा राख्नुपर्ने माग गरेका छन् ।

“नेपाली कांग्रेसको केन्द्रीय सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुने नेताहरूलाई वरिष्ठतम् नेताको रूपमा दोस्रो वरीयतामा राखी सम्मान गर्ने ऐतिहासिक परम्परा विगत लामो समयदेखि रही आएको छ । त्यति मात्र होइन भर्खरै सम्पन्न नेपाली कांग्रेसको लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा समेत डा. शेखर कोइरालाज्यूलाई वरिष्ठ नेताको रूपमा केन्द्रीय सभापति शेरबहादुर देउवाज्यूपछि आसन ग्रहण गराएको उदाहरण सर्वविदित नै छ,” सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको फरक मतमा भनिएको छ ।

तर, ती मान्यतालाई गुटगत मानसिकताबाट हेरिएको भन्दै कार्यसमिति बैठकमा फरक मत आएको हो । “यी सबै पार्टीका परम्परा र मूल्य मान्यताहरूलाई हठात् बेवास्ता गर्दै केवल गुटगत मानसिकताबाट मात्र अभिप्रेरित भएर सम्पूर्ण मधेस प्रदेशमा पार्टीकै सांगठनिक संरचनामा समेत “विग्रह ल्याउने गरी मनोमानी पूर्ण तवरवाट आसन ग्रहण गराउन लागिएको विषयप्रति हामी घोर आपत्ति जनाउँदै यस कार्यसमिति बैठकमा फरक मत राख्दछौँ,” उल्लेख छ ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १६:३८   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।