Logo

मनोरञ्जन

काठमाडौं बाहिर तीन इन्टरनेट प्रदायकले खुलाए टिकटक



काठमाडौं । तीन इन्टरनेट सेवा प्रदायकले काठमाडौं बाहिर टिकटक खुलाएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै बुधबार वर्ल्डलिंकसहित तीन आइएसपीले आफूखुशी टिकटक खुलाएका हुन् ।

स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक बैठक आज काठमाडौंमा बसेको थियो।

सो बैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको बताइएको छ । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ। काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १३:५३   :  बजे

2.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।