काठमाडौं । तीन इन्टरनेट सेवा प्रदायकले काठमाडौं बाहिर टिकटक खुलाएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै बुधबार वर्ल्डलिंकसहित तीन आइएसपीले आफूखुशी टिकटक खुलाएका हुन् ।
स्रोतका अनुसार वर्ल्डलिंक, डिसहोम फाइबरनेट र ब्रोडलिंकका उच्च अधिकारीको अनौपचारिक बैठक आज काठमाडौंमा बसेको थियो।
सो बैठकले काठमाडौं बाहिरका चार ठाउँमा रहेका लोकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेको बताइएको छ । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूको डिभाइसमा टिकटक चल्न थालेको छ। काठमाडौंमा भने तत्काल नखोल्ने रणनीति छ ।





















प्रतिक्रिया