Logo

अर्थ

नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् । साथै कम्पनीले मन्त्रालयबात स्वीकृति भएपछि आयोजित १६ औं वार्षिक साधारणसभापछि सेयरधनीलाई वितरण गर्ने छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा भने २० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित २० प्रतिशत नगद लाभांश समेत गरेर ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार ११:१०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।