Logo

अर्थ

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता



काठमाडौं । कुमारी बैंकले आइटी क्षेत्रका लागि ‘केबिएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनिज’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आइटि क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको केबिएल स्मार्ट बिजनेश लोन फर आइटी कम्पनी को पोर्टफोलियो सुरक्षण गर्नेछ । यो सम्झौताबाट आइटि कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।

बैंकले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : पुष ६, २०८० शुक्रबार  ११ : २६ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।