Logo

अर्थ

कृषि विकास बैंकको सञ्चालकमा महेश आचार्य नियुक्त



काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा महेश आचार्य नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीस्तरको निर्णयले उक्त बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्य नियुक्त गरेको हो । आचार्य हाल अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमख पदमा कार्यरत छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति बैठक १०६७ का सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु राजेन्द्रप्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरांगाई, रिता सुवेदी लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो ।

प्रकाशित मिति : पुष ६, २०८० शुक्रबार  १ : ३० बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।