Logo

प्रमुख समाचार

एमाले अध्यक्ष ओलीले पुस ८ गते विशेष पत्रकार सम्मेलन गर्दै



काठमाडौं । । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म गरिएको ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ का क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  ६ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।