Logo

प्रमुख समाचार

लुम्बिनीमा थपिएका दुई मन्त्रीले आज शपथ लिने



बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले माओवादी केन्द्र र आफ्नै दल नेपाली कांग्रेसबाट थप १–१ जनालाई मन्त्री बनाएका हुन्।

माओवादी केन्द्रबाट कृष्णा केसी र कांग्रेसबाट रोज राणा भनेर चिनिने सरोज थापा मन्त्री नियुक्त भएका छन्। आइतबार विहान ९ बजे उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्तोष पाण्डेयले जानकारी दिए।

उनका अनुसार मुख्यमन्त्री चौधरीले बाँकेकी केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने प्युठानका थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रायलयको जिम्मेवारी तोकिएको छ। गत जेठमा ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले दुई मन्त्री थपेपछि अब मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ०७:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।