Logo

प्रमुख समाचार

नेता कार्यकर्तालाई अंगदान गर्न नेकपा एसको आग्रह



काठकाडौं- नेकपा एकीकृत समाजवादीले नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेपछि अंगदान गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार सम्पन्न सचिवालय बैठकले नसर्ने रोगलाई दृष्टिगत गरी नेता तथा कार्यकर्तालाई अंगदान गर्न आह्वान गर्ने निर्णय गरेको हो।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९–८० मा मात्रै नसर्ने रोगका १५ लाख २१ हजार ३६ बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेका थिए, जुन कुल जनसंख्याको ५.२२ प्रतिशत हो। अस्वस्थ जीवनशैली र खानपान मुख्य कारक मानिने नसर्ने रोगबाट पीडितहरूको बढ्दो संख्या हेर्दा बर्सेनि अवस्था भयावह बन्दै गएको छ।

सचिवालय बैठकले ११–१३ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। केन्द्रीय कमिटी बैठकमा विधानबारे थप छलफल हुने उनको भनाइ छ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ०९:०२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।