Logo

खेलकुद

क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी



काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको हो।

चेल्सीलाई खेलको ८९औं मिनेटमा नोनी माडुएकेले पेनाल्टीमा निर्णायक गोल गर्दै जित दिलाएका थिए।

यसअघि चेल्सीका लागि खेलको १३औं मिनेटमा मिखाइलो मुड्रिकले शुरुवाती गोल गरेका थिए भने खेलको ४५औं मिनेटमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसेले बराबरी गोल गरेका थिए।

यो चेल्सीको यस सिजनमा सातौं जित हो। यो जितपछि १९ खेलमा २५ अंकसहित चेल्सी १०औं स्थानमा रहेको छ।

त्यस्तै क्रिस्टल प्यालेसको भने यस सिजनमा यो नवौं हार हो। यो हारपछि प्यालेसको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार ०७:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।