काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
नोट्टीङघमको जितमा निकोलस डोमिनगेज र मोर्गन गिब्सले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए।
यो जितपछि नोट्टीङघम फोरेस्टको २० खेलमा २० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा नवौं हार हो। २० खेलमा ३१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा सातौं स्थानमा रहेको छ।




















प्रतिक्रिया