Logo

खेलकुद

नोट्टीङघमले म्यानचेस्टर युनाइटेडलाई २-१ ले हरायो



काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

नोट्टीङघमको जितमा निकोलस डोमिनगेज र मोर्गन गिब्सले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए।

यो जितपछि नोट्टीङघम फोरेस्टको २० खेलमा २० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा  नवौं हार हो। २० खेलमा ३१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार ०८:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।