Logo

प्रमुख समाचार

बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने ‘उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्यतथ्य पत्ता लगाउन दोषीलाई कानुनी कारबाही गर्न माग गर्छ । उनले मृतकका परिवारका एकजनालाई रोजगारी र उचित क्षतिपूर्तिको समेत माग गरेको छ ।’

बालकुमारी घटनाको छानबिनका लागि गृहमन्त्रालयले समिति बनाएको थियो । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १४:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।