Logo

अटो

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘नयाँवर्ष बम्पर योजना’, गाडी खरिदकर्ताले वर्षभरी नै इन्धन उपहार पाउने



काठमाडौं । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष सन् २०२४ को अवसरमा ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ ।

यस अन्तर्गत नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने उक्त अटोमोबाइल्सले बताएको हो ।
बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरुहुने दिन (पुस १५ गते राती १२ बजे) देखि ३० दिनसम्म सो अटोमोबाइल्समार्फत् नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि २ हजार २४ रुपयाँ प्राप्त गर्ने छन् । यस्तो नगद उपहारको अरिरिक्त हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले बताए ।

उनका अनुसार यस्तो सुबिधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समय भित्र प्रत्यक्ष रुपमा अटोमोबाइल्सको सो रुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनै पनि डिजिटल भुक्तानीमार्फत् गाडी बुकिंग गरेको हुनुपर्ने छ ।

कम्तिमा २५ हजार रुपैयाँ बुझाएर गाडी बुकिंग गर्ने ग्राहक यस्तो उपहार र सुबिधाको हकदार हुने छन् ।

सबै प्रकारका नयाँ तथा पुराना गाडीहरुको बिक्री वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखि २०० मिटर पुर्बतर्फ रेसिङ बजारमा छ ।

प्रकाशित मिति : पुष १५, २०८० आईतबार  ४ : ५४ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।