काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डलमा मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र ससदलाई सुनाउने ठाउँ भएको बताए ।
धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा सोमबार मात्र केही मानिस पक्राउ परेको भन्दै उनले भने, ‘निषधित क्षेत्र घोषणा गरेपछि बल प्रयोग गर्नुपर्यो । त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् ।’
माइतीघरलाई निषेधित क्षेत्र बनाउनुको कुनै औचित्य नभएको उनको भनाइ छ । ‘तत्काल यसलाई खारेज गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
सोमबार धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत ५० भन्दा धेरै पक्राउ परेका थिए ।




















प्रतिक्रिया