Logo

प्रमुख समाचार

श्रम र पूर्वाधारमन्त्रीको भूमिका छानबिन गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार उक्त घटनाबारे समितिले उपप्रधान तथा गृहमन्त्री र सुरक्षा प्रमुखसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । त्यस्तै बैठकले इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई थप राहत दिन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

समितिले घटनासँग सम्बन्धित साना दर्जाका प्रहरी र कर्मचारीलाई मात्र निलम्बन र सरुवा नगरी उनीहरूको मनोबल नगिर्ने गरी समाधान खोज्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १४:५८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।