काठमाडौं । आज (सोमबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ८.७५ अकंले घटेर २०६.१५ बिन्दुमा बन्द भएको छ ।
आज ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज कुल १३ उपसूचकमध्ये आठ वटा उपसूचक बढेका छन् भने बाँकी पाँच उपसूचक ओरालो लागेको छ ।
त्यस्तै, शिवम् सिमेन्टको सर्वाधिक २० करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, सोना सिमेन्टको २० करोड १२ लाख, हाथवेको १७ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया