Logo

प्रमुख समाचार

किन पुगे देउवासहित कांग्रेसका शीर्ष नेताहरु बालुवाटारमा ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नका लागि कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

आसन्न राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न उनीहरु बालुवाटार पुगेका हुन् । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । सत्तारुण् दलहरुबीच गठबन्धन गरेर चुनावमा जाने सहमति यसअघि नै भएपनि सीट बाडफाँडमा भने सहमति भएको छैन् ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १८:४८   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।