Logo

अर्थ

२७ अकंले बढ्यो सेयर बजार



काठमाडौं । सेयर बजारमा लगातार ओरालो यात्रामा ब्रेक लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ ।

आज ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको १.१२ प्रतिशत, फाइनान्स समूहको १.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७० प्रतिशतले सेयर मूल्य बढेको हो ।

आज सोनापुरको २६ करोड ६३ लाख र शिवम सिमेन्टको २३ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार दिब्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर, मुक्तिनाथ कृषि कम्पनी लगायत ९ कम्पनीको सेयरमा सर्किट लागेको हो ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १५:३९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।