काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले रियल बेटिसलाई हराएको छ। आज बिहान सम्पन्न खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो।
भिगोका लागो अस्पास र विलियोट स्वीडबर्गले एक–एक गोल गरेका थिए। यस्तै रियल बेटिसका ऐटोर रुइबलले एक गोल गरेका थिए।
खेलमा रियल बेटिसका रुइबलले छैटौँ मिनेटमा सुरुवाती गोल गरेका थिए। तर, भिगोका लागोले १६औँ मिनेटमा गोल फर्काउँदै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा भिगोका विलियोटले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए।
यो जितसँगै सेल्टा भिगो १९ खेलबाट १६ अंक जोडेर तालिकाको १७औँ स्थानमा छ। पराजित भएको रियल बेटिस २८ अंकका साथ सातौँ स्थानमा छ।




















प्रतिक्रिया