Logo

अर्थ

१३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुनको कारोबार प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यो दिन तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १२:२०   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।