Logo

प्रमुख समाचार

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको मार्चपास



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरूद्ध मार्चपास गरेको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ‘राज्य आतंकविरूद्ध’ भन्दै नेविसंघले शुक्रबार मार्चपास गरेको हो।

नेविसंघले केन्द्रीय समितिको आह्वानमा भएको मार्चपास अनामनगरदेखि सुरू भएर बालुवाटारसम्म गएको हो । नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेकोले मार्चपास गरिएको बताए।

‘सुन, एनसेललगायत भ्रष्टाचार प्रकरणमा जोडिएकालाई कारबाही नगरी आफूनिकट मान्छेको नाम आउँदा सरकार मौन बसेकोले खबरदारी गरेका हौं,’ उनले भने, ‘रोजगारी मागेका युवालाई बालकुमारीमा गोली हान्ने काम गरेकोले पनि हामीले प्रधानमन्त्रीको राजीनामा मागेका हौं।’

उनीहरूले सत्तास्वार्थमा प्रचण्ड सरकार लिप्त भएको आरोपसमेत लगाएका छन्। कांग्रेसको संस्थापनइतर समूहनिकट नेविसंघले सरकारविरूद्ध मार्चपास गरेका हुन्।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १९:२८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।