Logo

प्रमुख समाचार

ओलीकाे गुनासाे : नेता–कार्यकर्ताको आचरणमा प्रश्न उठ्न थाल्नु दुःखद्



काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताको आचरण–व्यवहारमा प्रश्न उठ्न थालेको बताएका छन्। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा उनले नेता–कार्यकर्ताको आचरणबारे प्रश्न उठ्नु दुःखद् भएको बताएका हुन्।

‘सचिवालयको बैठकमा अध्यक्ष ओलीले पार्टी शुद्धीकरणको खाँचो औंल्याउनुभयो। एमालेका केही नेता–कार्यकर्ता, पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिको आचरण–व्यवहारमा विचलन देखापर्न थालेको उहाँको चिन्ता थियो। त्यसलाई व्यापक शुद्धीकरण गरेर जानुपर्ने उहाँको भनाइ थियो,’ एक सचिवालय सदस्यले भने।

अध्यक्ष ओलीले २०८१ साल पार्टी शुद्धीकरण र रूपान्तरणको वर्ष रहने बताएको ती सदस्यले जानकारी दिए।

प्रकाशित मिति : २१ पुष २०८०, शनिबार ०६:००   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।