Logo

प्रमुख समाचार

माओवादीले टुंग्यायाे ६ जना राष्ट्रियसभा उम्मेदवार (नामावलीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका चुनावका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ । राष्ट्रियसभाका १९ सिटमा चुनाव हुनेछ भने माओवादीले ६ सिट भाग पाएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार चयन भएका छन् ।

यस्तै लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ पदका सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन भने माघ ११ गते हुनेछ ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १५:२५   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।