Logo

अर्थ

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, काराेबारमा सोनापुर सिमेन्ट अब्बल



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९ अंकमा ओर्लिएको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ५८ करोडको कारोबार भएको थियो । यसदिन ३०४ वटा धितोपत्रको एक करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच भयो ।

कुल ८१ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन सबै समूह घट्दा हाइड्रोपावर समूह बढेको छ । हाइड्रोपावर समूह १.०३ प्रतिशत बढ्यो । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स १.३, लगानी १.९, जीवन बीमा २.४, उत्पादन १.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.६, अन्य १.८ र ब्यापार समूह २.१ प्रतिशत घटे ।

तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, धौलागिरि लघुवित्त र सिंगटी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो मैलुङखोला जलविद्युत्, विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । मानुसी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशत घट्यो ।

नेपाल रिपब्लिक मिडियाको ६.४, शुभम पावरको ६.३, चिरख्वा हाइड्रोपावरको ५.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, माउन्टेन इनर्जी, नेपाल इन्फ्रास्ट्रक्चर, सिनर्जी पावर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १५:५५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।