काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।
सोमबार छापावाल सुन १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया