हेटौंडा । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशअन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । सोमबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेको तर्फबाट चारजना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
एमालेबाट महिलातर्फ रोजकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलिततर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीले (नेमकिपा)ले पनि उम्मेदवारी दर्ता गरेको छ । नेमकिपाको तर्फबाट अपाङ्गता क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल,अन्य तर्फबाट काठमाडौंका श्रिकृष्ण महर्जन, दलित तर्फबाट भक्तपुरका संगिता नेपाली र महिलातर्फबाट कृष्णलक्ष्मि दुवालले उम्मेदवारी दर्ता गराएका हुन् ।




















प्रतिक्रिया