Logo

अर्थ

सिटिजन्स बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला



काठमाडौं । सिटिजन्स बैंकले ७० हजार ४९०.६१ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले प्रतिसेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको समयमा आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १४:५६   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।