Logo

खेलकुद

नेपाल क्रिकेट संघको महाप्रबन्धकमा ढुंगाना नियुक्त



काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन्। सोमबार क्यानले ढुंगानालाई महाप्रबन्धक नियुक्त गरिएको हो।

एक महिनाअघि आह्वान गरेको दर्खास्त अनुसार ढुंगाना नियुक्त भएका हुन्। वृतान्त खनालले राजीनामा दिएपछि क्यान महाप्रबन्धक पद ६ महिनादेखि रिक्त रहेको थियो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलसहितको छनोट समितिले ढुंगानालाई महाप्रबन्धक छनोट गरेको हो। ६१ जनाले आवेदन दिएकोमा अन्तिम सूचीमा ढुंगानासहित अन्य सात जना थिए।

 

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ०६:५५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।