काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार छापावाल सुन एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भएको छ ।




















प्रतिक्रिया