टीकापुर- नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ।
पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा महाधिवेशन सुरु हुन लागेको हो।
महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए।
महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन्। नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन्।
महाधिवेशन उद्घाटन सत्रमा विभिन्नका राजनीतिक दलका प्रतिनिधि सहभागी हुनेछन्।




















प्रतिक्रिया