Logo

अर्थ

हिमालयन लघुवित्तको साधारणसभा सम्पन्न



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीको अपेक्षा पुरा गर्न कटिबद्ध रहेको बताए । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कम्पनीले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजारभन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १०:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।