Logo

अर्थ

शिवम् सिमेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । शिवम् सिमेन्टको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट (सेयर प्रिमियम बापतको रकम यथावत रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट सेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रूपैयाँको १४.२५ प्रतिशतका दरले बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) नगद लाभांश सहित कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रूपैयाँ कायम हुनेछ।

शुक्रबार राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा सम्पन्न कम्पनीको आठौं साधारण सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको हो।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १५:२०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।