काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
यो दिन सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा बिक्री भइरहेको छ ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै यो दिन चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।




















प्रतिक्रिया