काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । कम्पनीले उनले दिएको राजीनामा माघ १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।
कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव महाप्रवन्धकको रुपमा कार्यरत रहेका सूर्यबहादुर तामाङलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ । खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका थिए ।




















प्रतिक्रिया