Logo

अर्थ

कैलाश हेलिकप्टरले प्रिमियममा आईपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त



काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता आईपीओजारी गर्ने भएको हो । त्यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बुधवार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १५:४७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।