Logo

प्रमुख समाचार

प्रहरी प्रवक्तामा भीमप्रसाद ढकाल



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२९२१११ र spokesperson@nepalpolice.gov.np इमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार ०९:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।